२०८२ पुष ३० बुधबार
२०८२ पुष ३० बुधबार
rapti gyalaxy
previous arrow
next arrow

मिर्गौला तथा दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई ९३ हजार बढी आर्थिक सहयोग:

Oplus_131072

दाङ देउखुरी / राजपुर । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, बेला निवासी मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई अर्थिक सहयोग गरिएको छ ।समाजसेवी मानबहादुर बुढाको पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका दस जनाले संकलन गरेर पठाएको कुल ९३ हजार एक सय पचास रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो ।

Oplus_131072

प्रदान गरिएको सहयोग रकम अमेरिकी डलरमा:

१. महेन्द्र बुढा मगर काँडा -४, रुकुम $101
२. ईश्वर बुढा मगर तकसेरा-१, रुकुम $101
३. बिरोध घर्ती मगर घोराही, दाङ्ग $101
४. विजय बुढा मगर तकसेरा -११, रुकुम $51
५. अशोक बुढा मगर तकसेरा -११, रुकुम $51
६. मुलमान बुढा मगर तकसेरा -१०, रुकुम $51
७. सुरेन्द्र बुढा मगर तकसेरा -१०, रुकुम $51
८. आशिष बुढा मगर कोल -१२, रुकुम $51
९. जोढे बुढा मगर तकसेरा -१०, रुकुम $51
१०. सुमन बुढा मगर तकसेरा -१०, रुकुम $51

मानबहादुर बुढाले केहि समय अघि आफ्नो फेसबुक वालमा सुरेन्द्रको ज्यान बचाउन भनि आर्थिक सहयोगका लागि अनुरोध गरेका थिए । सोही आधारमा अमेरिकामा बस्ने आफ्ना साथीहरुले तत्काल रकम उठाएर पठाएपछि मानबहादुरले उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेका हुन् । बुढाले आर्थिक सहयोग गर्ने सम्पूर्ण मनकारी मनका धनी ती सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।त्यस्तै सुरेन्द्रले ४ वर्ष अघि दुईवटा आँखा गुमाएर ओछ्यानमा थला परेका थिए भने ३ वर्षपछि दुवै मृगौला गुमाएका हुन् । अहिले उनले लमही स्थित सामुदायिक डायलाइसिस सेन्टरमा डायलाइसिस गर्दै आएका छन् । पीडित पुनले आफुलाई बचाउन देश तथा विदेशमा बसेका सम्पूर्ण नेपालीहरुमा अनुरोध समेत गरेका छन् । सहयोग गर्न चाहनेले सम्पर्कका लागि मानबहादुर बुढाको मोबाइल नम्बर 9847825994 सम्पर्क गरि सहयोग गर्न सकिन्छ ।
पिडित पुनको खाता रहेको ज्योति बिकास बैंकको चेक।।

Oplus_131072
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।