२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

एन प्याब्सनद्वारा कपिलवस्तु जिल्ला ६ उत्कृष्ट विद्यार्थी सम्मानित

 कपिलवस्तु। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कपिलवस्तुको १५ औँ साधारण सभा तथा सम्मान कार्यक्रम बाणगंगा नगरपालिका वडा नं. ५ स्थित अन्नपूर्ण विद्या मन्दिरमा सम्पन्न भएको छ ।

एनप्याब्सन कपिलवस्तुको आयोजनामा आयोजित साधारण सभाको अवसरमा २०८३ को एसइई परीक्षामा एन प्याब्सन आबद्ध विद्यालयहरूका तर्फबाट प्रथम, द्वितीय र तृतीय भएका ६ जना छात्र, छात्रा बिद्यार्थीहरुलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा छात्रा तर्फ ४ जिपिए ल्याएकी फफुरी इ. बो. स्कुलकी सान्भी सिंह, ३.९२ जिपिए ल्याएकी अन्नपूर्ण विद्या मन्दिरकी रीतिका अर्याल र ३.७७ जिपिए ल्याएकी कपिलवस्तु शान्ति निकेतनकी कृतिका शुक्लालाई सम्मानित गरिएको थियो ।

त्यसै गरि छात्र तर्फ ३.९२ जिपिए ल्याएका आदर्श विद्या मन्दिरका सिद्धान्त सिंह चौधरी, ३.८६ जिपिए ल्याएका गोरखनाथ एकेडेमीका प्रेम चौधरी र ३.७९ जिपिए ल्याएका फफुरी ई. बो.स्कुलका सुजल केसीलाई नगद सहित सम्मान गरिएको थियो ।

एन प्याब्सनका केन्द्रीय सचिव प्रकाश गैरे, एन प्याब्सनका जिल्ला अध्यक्ष युवराज घिमिरे, कपिलवस्तु स्टेश्नरी व्यवसायी सङ्घका निवर्तमान जिल्ला अध्यक्ष अर्जुन चापागाईँ, एनप्याब्सनका जिल्ला सचिव कपिल घिमिरे, कोषाध्यक्ष परमात्मा चौधरी लगायतले उत्कृष्ट विद्यार्थीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रीय सचिव प्रकाश गैरेले सरकारको संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको बताए । सरकारले समता करका नाममा विद्यार्थी र अभिभावकलाई मानसिक तनाव थप्न खोजेको आशंका गरेँ ।

सरकारको नीतिले निजी क्षेत्रलाई धराशायी बनाउँदै गएको उनले बताए । संस्थागत विद्यालयले उत्कृष्ट रिजल्ट दिएर राज्यको शिक्षा नीतिलाई नै सहयोग पुर्याउदै आएकाले सरकार पनि निजी लगानीका विद्यालय प्रति सकारात्मक हुन आवश्यक रहेको उनको भनाई थियो ।

सरकारले लगाएको ३ प्रतिशत समता शुल्क कसरी लिने भन्ने विषयले अन्यौलता ल्याएको एन प्याब्सन कपिलवस्तुका अध्यक्ष युवराज घिमिरेले बताए । सरकारले लगाएको शुल्कले अभिभावकलाई भार पर्ने अवस्था रहेको उनले प्रस्ट्याए । जिल्ला भन्दा श्रोत केन्द्रका विद्यालय मजबुत हुनु पर्ने अनुभूति गरेको जिल्लासँगै नगरलाई समेत मजबुत बनाउन आवश्यक रहेको आफूले अनुभूति गरेको घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण विद्यालय मन्दिरका प्राचार्य प्रकाश भुसालले एसइईमा उत्कृष्ट विद्यार्थीलाई गरिएको सम्मानले विद्यार्थीको मनोबल बढाउने काम गरेको बताए । कार्यक्रममा एनप्याब्सन कपिलवस्तुका कोषाध्यक्ष परमात्मा चौधरीले चालु आव २०८२/८३ को जेठ मसान्तको अवधि सम्मको ४ लाख ४३ हजार ९ सय २४ रुपैयाँ बराबरको आय व्यय विवरण पेस गरेका थिए ।

कार्यक्रममा जिल्ला सचिव कपिल घिमिरेले प्रगति तथा आगामी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै एनप्याब्सनका सदस्य कबिर सुनारले विद्यालय र विद्यार्थीको मनोबल बढाउन साधारण सभाको अवसरमा सम्मान कार्यक्रम गरिएको प्रस्ट्याए ।

एन प्याब्सन कपिलवस्तुमा जिल्लाभरका ४७ संस्थागत विद्यालयको आबद्धता रहेको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।