२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुर गाउँपालिका शिक्षा शाखामा मर्यादा विपरीतको दृश्य: सुशासन र प्रशासनिक सुधारको खाँचो

दाङ राजपुर , असोज-२८ । स्थानीय तहका सरकारी निकायहरू नागरिकप्रति उत्तरदायी, पारदर्शी र मर्यादित हुनुपर्छ। तर दाङको राजपुर गाउँपालिकास्थित शिक्षा, युवा तथा खेलकुद शाखामा यही असोज २७ गते कार्यालय समयमा देखिएको एउटा दृश्यले प्रशासनिक अनुशासन र पदीय मर्यादामाथि प्रश्न खडा गरिदिएको छ।

शिक्षा शाखा प्रमुख (सहायक शिक्षा अधिकृत) कामना चौधरी बिदामा रहेको समयमा अर्का कर्मचारी प्रमुखकै कुर्सीमा बसिरहेको फेला परेका हुन्।

oplus_34

अनुगमनका क्रममा पुगेको जलबराह मिडिया उनि बस्ने टेबलको अगाडि बिदामा रहेकी शिक्षा शाखा  प्रमुख ( सहायक शिक्षा अधिकृत )कै नेमप्लेट राखिएको पाएको हो ।
कुर्सी अर्काको , नेमप्लेट अर्काको तर यहाँ भने फरक दृश्य , यहाँ को ? भनी सोधपुछ गर्दा “ यहाँ मैले नै हेर्छु” भनी बताएका थिए। तर फोटो खिच्ने क्रम सुरु हुनासाथ उनी एकाएक टेबलको नेमप्लेट उठाएर लुकाउँदै कुर्सीबाट हतार-हतार हटेका थिए।

Oplus_131106

यस विषयमा शाखा प्रमुख कामना चौधरीसँग बुझ्दा “कार्यालयमा अर्को सर सरुवा भएर आउनुभएको र काम परेको बेला जुनसुकै डेस्कटपमा बसेर काम गर्ने गरिएको” भनी जवाफ आएको छ ।
अर्का ठाकुर सर आफ्नै टेबलमा काम गरिरहेको र अर्का कुर्सीमा बसेकोबारे थप स्पष्ट पारिदिँदा प्रमुख चौधरीको धारणा “ठाकुर सर नहुँदा उहाँ (प्रकाश सर) लाई शाखामा तानेको, मलाई हेल्प हुन्छ भनेर शिक्षाको धेरै कुरा प्रकाश सरलाई थाहा छ, त्यसैले हुन सक्छ” भन्ने रहेको छ।

यसैबीच कुर्सीमा बस्नेको बारेमा पालिका उपाध्यक्ष धनपतीदेवी यादवसँग सोधपुछ गर्दा उनले भने “चुला बनाउने हो” भन्ने हलुका प्रतिक्रिया दिएकी छन्।

उनी  राजपुर गाउँपालिकाको सामाजिक परिचालक प्रकाश आचार्य रहेको खुल्न आएको छ ।

कार्यालयमा कार्यबोझ हुनु र एकअर्कालाई सहयोग गर्नु सामान्य पक्ष भए तापनि, अर्कै पदका कर्मचारीले आधिकारिक प्रमुखकै नेमप्लेट अगाडि राखेर बस्नु, ‘मैले नै हेर्छु’ भन्नु र क्यामेरा देख्नासाथ नेमप्लेट लुकाउनुले प्रशासनिक मर्यादा जोगाउन गम्भीर हुनुपर्ने सन्देश दिएको छ।
नागरिकले स्थानीय पालिकामा कार्यसम्पादन पारदर्शी होस् र कर्मचारीले पदीय मर्यादाको ख्याल राखून् भन्ने अपेक्षा गरेका छन्।

“सत्य सूचना , स्वच्छ प्रवाह र न्यायको आवाज” – जलबराह मिडिया डटकम।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।