२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार
rapti gyalaxy
previous arrow
next arrow

भुक्तानी रकमको २० प्रतिशत कमिसन मागेको आरोपमा भेटेरिनरी अस्पतालका निमित्त प्रमुख र चालक घुससहित पक्राउ

राजबिराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।
आयोगका अनुसार राजविराज नगरपालिका–३ स्थित उक्त कार्यालयमा कार्यरत उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागेको भन्ने उजुरीका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले आइतबार विशेष कारबाही गरेको हो।
कारबाहीका क्रममा चालक यादवलाई सेवाग्राहीबाट घुसस्वरूप ३३ हजार ३५० रुपैयाँ बुझिसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। सोही क्रममा स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँ नगदसमेत फेला परेको र कुल ८१ हजार ४२० रुपैयाँ बरामद गरिएको छ।
यसैगरी, एक लाख २९ हजार रुपैयाँ बराबरका चार थान चेक, एक थान मोबाइल तथा निमित्त कार्यालय प्रमुख डा. दासको साथबाट एक थान मोबाइल र एक लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेकसमेत बरामद गरिएको आयोगले जनाएको छ।
अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। ( कनिका खबर )

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।