२०८३ कार्तिक २८ शुक्रबार
२०८३ कार्तिक २८ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

तिहारको सुरुवात: आज काग तिहार र धनवन्तरी जयन्ती मनाइँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार अर्थात् यमपञ्चक औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि सुरु हुने यमपञ्चक यस वर्ष भने तिथि गणनाअनुसार दुई दिन त्रयोदशी परेकाले शुक्रबार साँझदेखि नै यमदीपदान सुरु भइसकेको छ।

​नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज यमपञ्चकको पहिलो दिन काग तिहार परेको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन सूर्योदय भएका दिन काग तिहार मनाइने शास्त्रीय परम्परा रहँदै आएको छ।

​हिन्दू धर्मशास्त्रमा कागलाई यमराजको सन्देश वाहक (दूत) का रूपमा मानिन्छ। काग तिहारका दिन बिहानै स्नान गरी घरको आँगन वा कौसीमा विशेष सम्मानका साथ कागलाई पूजा गरी मनपर्ने खानेकुरा, अन्न र परिकार दिने चलन छ। वर्षभरि अन्य दिन अशुद्ध मानिने कागलाई यस दिन भने श्रद्धाका साथ पूजा गरिन्छ।

​यसैगरी, आजैका दिन आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि मनाइँदै छ। सनातन मान्यताअनुसार यमपञ्चकको अवधिमा साँझपख यमदीप दान गर्नाले यमयातना (नरकको सजाय) बाट मुक्ति पाइने र परिवारमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।