२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार
rapti gyalaxy
previous arrow
next arrow

शिक्षा अधिकृतमाथि कालो मोबिल , वडा सदस्यको खोजी:

दाङ । घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार गरिएको छ ।

घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले कालो मोबिल खनाएर दुर्व्यवहार गरेकाे घटना सार्वजनिक भएको हाे । घटनापछि प्रहरीले वडा सदस्य बुढाथोकीको खोजी सुरु गरेको जनाएको छ ।

वडा सदस्य बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन कानुनविपरीत ढंगले अघि बढाइएको दाबी गरेका छन्। निर्वाचनअघि अभिभावकको गणपूरक संख्या पुगेको भेलाबाट निर्णय हुनुपर्ने र गणपूरक संख्या नपुगेमा तीन पटकसम्म अभिभावक भेला आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

विद्यालयले उक्त प्रक्रिया पूरा नगरी निर्वाचन अघि बढाएको तथा शिक्षा अधिकृत बोहोराले त्यसलाई स्वीकृति दिएको आराेप छ ।

यता, शिक्षा अधिकृतमाथि दुर्व्यवहार भएको घटनालाई लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनापछि वडा सदस्य लेखनाथ बुढाथोकी फरार रहेका छन् र उनको खोजी कार्य जारी छ ।
श्रोत: देश संचार

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।