२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रम :

प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत रहेको बालाजी नगर समिति को आयोजनामा 06/11/2024 का दिन २०८१ सालको शुभ दिपावली तथा छठपर्ब को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम पुणे शहर स्थित बिबेवाडी महेश सोसाइटीको किर्केट ग्राउण्डमा सम्पन्न गरेको छ।

समितिका अध्यक्ष गणेश जैसीको अध्यक्षता, जयसिंह आउजीको प्रमुख आतिथ्य, जयसिंह आउजीको बिशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा शुभकामना आदान प्रदान गरिनुको साथै देउसी भैलो समेत खेलिएको थियो ।

सुरेन्द्र बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नितेश जोसी बालाजीले गरेका थिए।

कार्यक्रमको अतिथिको रुपमा समितिका विभिन्न पदमा रहेका त्रिलोचन देबकोटा , पदम रिमाल , बिष्णु प्र जोसी , सन्तला आउजी , पवन कुवर,अन्जु कुँवर, काशिराम भण्डारी, जानकी रावल , छाया कुँवर , जयराम भणडारी, मानबाहादुर कुश्मा ( थारू )
, पुरन भण्डारी, भवानी खतिवडा, हंशराज अधिकारी, टंक भण्डारी, सुरेन्द्र बिश्वकर्मा, दलबाहादुर भण्डारी उर्मिला रिमाल, जानकी अधिकारी ,गणेश अधिकारी , पार्बती जैसी, मिना जोसी, कुशल बम सरस्वती भन्डारी र अम्रिता भन्डारी लगायत को उपस्थिती रहेको थियो।

यसै बिच सोही प्रकारको कार्यक्रम 04-11-2024 तारिखका दिन प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति द्वारा
पुना नगर समितिका अध्यक्ष रोहित लोहारको अध्यक्षता, प्रनेस भारत केन्द्रिय सदस्य डम्बर रावलको प्रमुख आतिथ्यमा लक्ष्मी बजार सास्कृतिक भवन रामोसीगेट भवानी पेठ पुना मा सम्पन्न भएको हो।

कार्यक्रम मा विशिष्ट अतिथी प्रनेस भारत केन्द्रिय सचिवालय सदस्य जयसिंह आउजी अतिथी मा क्रमशः केन्द्रिय सदस्य मुकेश कुँवर,भोजकुमारी कार्की ,केन्द्रिय सल्लाहकार परिषद सदस्य मोहन लोहार,राजेश (बखजन )कुँवर, झप्पर कडारा,केन्द्रिय समिति प्रचारप्रसार तथा प्रकाशन बिभाग सदस्य त्रीलोचन देवकोटा ,केन्द्रिय समिति बिभागिय सदस्य पदम रिमाल,माहाराष्ट्र राज्य समिति तथा पुनानगर समिति इन्चार्ज भरत आउजी,राज्य समिति सदस्य सन्तला आउजी ,अन्जु कुँवर,पवन कुँवर,समाजसेवी तथा बुद्विजिबी श्रीधर कुँवर,हेमन्त न्यौपाने,पुना नगर समिति सल्लाहकार छाया कुँवर,रंगी लोहार,सन्तला कडारा,धना देवी थापा,गार्खा सेवा समिति पुना का प्रतिनिधि ,एसैगरी अन्य अतिथी मा स्थानीय नेता तथा समाजसेबी नितिन दादा टकले,बालाजिनगर समिति सदस्य पार्वती जैशी ,उर्मिला रिमाल रहेको पाइएको छ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहिद प्रती १ मिनेट मौन धारण गरि पुना नगर समिति उप-सचिब रन्जित ओडको स्वागत मन्तव्यबाट स्वागत गरिएको कार्यक्रममा प्रमुख अतिथी प्रनेस भारत केन्द्रिय सचिब डम्बर रावलबाट पानसमा बत्ती बालेर कार्यक्रम को उद्वघाटन गरिएको थियो।

उद्वघाटन पश्चात कार्यक्रम मा देउसी भैलो तथा देउडा खेल खेली कार्यक्रमको समापन भएको थियो।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।