२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

धान दिवसको अवसरमा फेमिली स्कुलका विद्यार्थीहरूद्वारा रोपाइँ गर्दै असार १५ मनाइयो:

oplus_2

राजपुर, दाङ देउखुरी ।
असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा राजपुर–२ मटेरीया स्थित फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमा उत्रिएर धान रोप्दै परम्परागत कृषिप्रति सम्मान प्रकट गरेका छन्।
Oplus_131072

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मधुमालती खड्काको पहलमा आयोजना गरिएको यो कार्यक्रममा विद्यार्थीहरू स्कुल युनिफर्ममै रोपाइँमा सहभागी भए। बच्चाहरूले माटो छामे, रोपाइँको अभ्यास गरे र आफ्नै संस्कृतिप्रतिको गर्व महसुस गरे।

oplus_2

नेपालमा असार १५ लाई कृषिजन्य उत्सवको रूपमा मनाउने गरिन्छ, किनभने यही समय वर्षाको पर्याप्त मात्रा हुने र धान रोपाइँका लागि उपयुक्त हुने मानिन्छ। यस्तो पर्वले बालबालिकालाई माटो, मेहनत र कृषिसँग जोड्न सघाउने विश्वास विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवा खनालले व्यक्त गरिन ।

विद्यालय व्यवस्थापनले हरेक वर्ष यस्तो कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको र आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता अध्यक्ष खनालले गरिन ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।