२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

देउखुरीको भालुबाङमा बिक्रीका लागि राखिएको करिव २३ किलो कुहिएको माछा प्रहरीद्वारा बरामद:

दाङ देउखुरी । देउखुरीको राप्ती गाउँपालिका अन्तर्गत भालुवाङमा बिक्रीका लागि राखिएको करिव २३ किलो माछा प्रहरीले बरामद गरेको छ ।

बिहीबार भालुवाङ स्थित पूर्वपश्चिम राजमार्गको किनारमा कुहिएको माछा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर ३ बस्ने राधेश्याम लोनियाले बिक्रीका लागि राखेको कुहिएको बैखा जातको माछा बरामद गरेको हो ।

त्यस्तै बरामद गरेको माछालाई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी,भालुवाङ पशुक्वारेन्टाईनका कर्मचारी समेतको रोहबरमा नष्ट गरी माछा व्यापारी लोनियालाई आवश्यक कार्वाहीको लागि पशु क्वारेन्टाईन भालुवाङमा पठाईएको प्रहरीले जनाएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।