२०८३ आश्विन २ शुक्रबार
२०८३ आश्विन २ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

जन्मदिनमा शैक्षिक सामग्री वितरण, ‘बर्थ डे मनी सेभिङ बक्स’ स्थापना

दाङ, राजपुर। राजपुर गाउँपालिका–१, कठबेरुवास्थित बाल जनता आधारभूत विद्यालयमा जन्मदिनको अवसर पारेर विद्यार्थीलाई २० हजार रुपैयाँभन्दा बढी मूल्यका शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।

 

ज्योति आधारभूत विद्यालय, राजपुर–१ गुरुङखोलाका पूर्व प्रधानाध्यापक तथा हाल सहायक प्रधानाध्यापक दिलबहादुर शाहीले आफ्नो जन्मदिनको अवसरमा बाल जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। विद्यार्थीको शैक्षिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको ज्योति आधारभूत विद्यालयका शिक्षक रोशन यादवले बताए।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य प्रेमलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राजपुर गाउँपालिका–१ का वडा अध्यक्ष सूर्यप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक खेमराज यादवले गरेका थिए।

Oplus_131072

सोही अवसरमा शाहीले विद्यालयमा ‘बर्थ डे मनी सेभिङ बक्स’ समेत स्थापना गरेका छन्। उनले बक्समा प्रारम्भिक रूपमा ५ सय ५ रुपैयाँ जम्मा गरी त्यसको उद्घाटन गरेका थिए।
बक्समा संकलित रकमबाट विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीमध्ये पढाइमा राम्रो प्रगति गरिरहेका विद्यार्थीलाई वर्षमा एकपटक आवश्यकताका आधारमा सहयोग गर्ने योजना रहेको शिक्षक यादवले बताए।

जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी विद्यार्थीको शिक्षा र भविष्य निर्माणमा सहयोग पुग्ने गरी गरिएको यस पहलले विद्यालयमा सहयोग, सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको सकारात्मक भावना विकास गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Oplus_131072
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।