२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट थप चर्चामा:

दाङ देउखुरी , असोज-२० । दाङ जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सरकारी सवारी साधन प्रयोगको चलनलाई तोड्दै आफ्नै विद्युतीय स्कुटरमा गाउँपालिकाभित्रका सबै कार्यसम्पादन र जनसम्पर्कका गतिविधिहरूमा आवतजावतको गतिबिधिले थप चर्चामा आएका छन् ।

गाउँपालिका बाहिरका लामो दूरीका यात्राबाहेक, पालिकाभित्रका बैठक, निरीक्षण, कार्यालयीय काम तथा जनभेटघाटजस्ता सबै गतिविधिमा उनी विद्युतीय स्कुटरमै पुग्ने गरेको पाइएको छ। उनको यो कार्यशैलीले असल एवम् सरल नेतृत्वको परिचय दिन थालेको छ।

आर्थिक मितव्ययितालाइ कायम गर्न, जनताको करको सम्मान गर्न र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्न विद्युतीय स्कुटर प्रयोग गर्न थालिएको बताउँदै पद ठूलो भएर होइन, सोच ठूलो भएर नेतृत्व महान् हुन्छ,” “जनताको करको सम्मान, वातावरणको सुरक्षा र सादगीपूर्ण जीवनशैली नै नयाँ युगको नेतृत्वको मार्ग हो। जनप्रतिनिधि देखावटी होइन, उदाहरणीय हुनुपर्छ। सानो प्रयासले पनि ठूलो परिवर्तनको सुरुवात गर्न सकिने अध्यक्ष विष्टको भनाई छ ।

राप्ती गाउँपालिकाको अध्यक्षको यस्तो पहलले गाउँभित्रका अन्य जनप्रतिनिधि र कर्मचारीहरूलाई ऊर्जा–संवेदनशील, जिम्मेवार र व्यवहारिक नेतृत्वतर्फ प्रेरित गरेको स्थानीयवासीहरू बताउँछन्।

सरल स्वभावका धनी एवम् समान व्यवहारले गर्दा अध्यक्ष विष्टले राप्ती गाउँ पालिकालाई दाङ देउखुरीमा मात्र नभइ देशकै असल पालिकाको रुपमा चिरपरिचित गराएका छन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।