देउखुरी गढवा,पौष-१५ । दाङ देउखुरीको गढवा -२ पचाहस्थित डिवेल इङ्गलिस बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सब समारोह कार्यक्रम विद्यालयका विव्यस अध्यक्ष इविन्द्र चौधरीको अध्यक्षता, गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथ्यमा एवम् एनप्याब्सन लुम्बिनी प्रदेश समितीका सचिव तथा फेमिली प्याराडाईज इङलिस बोर्डिङ स्कुल राजपुर-२ मटेरियाका प्रवन्ध निर्देशक टोपेन्द्र खनालको विशिष्ट आतिथ्यमा यही पौष १४ गतेका दिन विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।

बिद्यालयका शिक्षक निर्मला चौधरीको स्वागत मन्तवबाट सुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष अधिकारीले आँफ्नो लागि निजि संस्थागत तथा सामुदायिक दुबै विद्यालय समान रहेको स्पष्ट पार्दै आँफुले विद्यालयलाई पुर्णरुपमा सहयोग गर्ने प्रतिवद्दता जाहेर गरे। कार्यक्रमका विशिष्ट अतिथी खनालले अहिले हरेक विद्यालयमा संस्कारका कुरा उठिरहेकोमा संस्कार बालबालिकाहरुबाट सुरुवातको आशा राख्नुभन्दा पहिले आँफु स्वयंबाट सुरु गर्नुपर्ने भन्दै संस्कारका सम्बन्धमा व्यवहारिक ढङ्गले क्रियाकलापको माध्यमबाट कार्यक्रममा सहभागी सबैको ध्यानाकर्षित गराएका थिए ।


विद्यालयका बिध्यार्थीहरु तथा शिक्षकहरुको सुन्दर नृत्य , मन्तव्य तथा चेतनामुलक नाटकको प्रस्तुति रहेको कार्यक्रममा शुभतारा इङलिस बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक मधुबाबु थापा, बुद्दज्योती माविका सहायक प्रधानाध्यापक रोशन धिताल, ज्ञानज्योती बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक सन्जिप चौधरी , मुनामिलन इङलिस बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक लोकराज भुसाल, दिप गङ्गा बोर्डिङ स्कुलका प्रधानाध्यापक अभरणदाश यादव, घुम्ना लिटिल स्टार लमहीका प्रधानाध्यापक प्रकाश चौधरी, ज्ञान शिक्षा निकेतन इ. बो. स्कुलका प्रधानाध्यापक भक्त खनाल, बुद्धिजीवी माधवनाथ योगी, बिष्णु योगी,गढवा -२ का वडा सदस्य राधेश्याम थारु कुमाल, अभिभावक लालमती चौधरी, शिक्षक पुरन प्रसाद यादव लगायतले आफ्नो शुभकामना मन्तव्य दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक भानु प्रसाद यादवले विद्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक भिमसेन यादवले गरेका थिए ।


























