२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार
rapti gyalaxy
previous arrow
next arrow

खाजाखर्च कटाएर भोटेकोशी बाढीपीडितलाई विद्यार्थीको सहयोग:

दाङ/ राजपुर, भाद्र -१७। राजपुर गाउँपालिका–५, सालभौरीस्थित साधारण माध्यमिक विद्यालय गंगदीका कक्षा ५ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाखर्च कटाएर भोटेकोशी बाढीपीडितका लागि रु. १३ हजार २८५ सहयोग गरेका छन्।

विद्यार्थीहरूले आफूले सकेको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहतस्वरूप उक्त रकम जम्मा गरेका हुन्।

विद्यार्थीहरूले संकलन गरेको रकम मोबाइल कन्भर्जेन्टमार्फत कोषको खातामा जम्मा गरिएको भुक्तानी रसिदमा उल्लेख छ।

विपद्का कारण पीडित बनेका नागरिकप्रति सहयोग र सद्भाव प्रकट गर्दै विद्यार्थीहरूले आफ्नो दैनिक खाजाखर्चसमेत कटाएर राहत रकम जुटाएका हुन्। विद्यार्थीहरूको यस कार्यले मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहयोगी संस्कारको सकारात्मक सन्देश दिएको छ।

विद्यालयका विद्यार्थीहरूले गरेको यो सहयोगले विपद्का बेला सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने सन्देशसमेत दिएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।