२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

करार शिक्षक गढवाद्वारा सेवा सुविधा बढाउन माग गर्दै ध्यानाकर्षण पत्र:

दाङ देउखुरी गढवा, भाद्र-९ । दाङ जिल्लाको गढवा गाउँपालिकामा करार सेवामा कार्यरत शिक्षकहरूले आँफुहरूलाई स्थायी शिक्षकसरह सेवा सुविधा तथा महँगी भत्तालगायतका सुविधा उपलब्ध गराउन माग गर्दै गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्।

करार शिक्षकहरूले मंगलबार गढवा गाउँपालिकाका कार्यवाहक पालिका अध्यक्ष लेखबहादुर थापालाई कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गरेको पाइएको छ।

स्थायी शिक्षकहरूको सेवा सुविधा तथा तलबभत्ता वृद्धि भए पनि गाउँपालिकाको अनुदानबाट करार सेवामा कार्यरत शिक्षकहरूको सेवा सुविधा वृद्धि नभएको भन्दै उनीहरूले आफूहरूलाई पनि समयअनुसार सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक पालिका अध्यक्ष लेखबहादुर थापाले शिक्षकहरूले उठाएका मागहरू सकारात्मक र जायज रहेको बताउँदै सम्बन्धित विषयमा आवश्यक छलफल तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षकहरूको योगदानलाई सम्मान गर्दै समस्या समाधानका लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो।
करार शिक्षकहरूले आफूहरू लामो समयदेखि गाउँपालिकाको शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको भन्दै श्रम र योगदानअनुसार उचित सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।