पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ कालिकाचोकमा प्रहरीले छापा मारी ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक फार्मसी सञ्चालिकालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिकाचोकस्थित ‘जलधारे फार्मसी’की सञ्चालिका २९ वर्षीया अमिशा ढुङ्गाना रहेकी छन्।
कास्की प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले यही कात्तिक ५ गते राति करिब ९:०० बजे फार्मसीबाटै उनलाई नियन्त्रणमा लिएको हो।
बरामद गरिएका औषधिलागु पदार्थहरूमा:
कोडिन कोडिप-पी: ६,४०० चक्की
प्रेगाबालिन: ४५० चक्की
लोराजेपाम: १५० चक्की
क्लोर्डियाजेपोक्साइड: १६० चक्की
पक्राउ परेकी ढुङ्गानाउपर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

























