दाङ , श्रावण १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा आदि) उत्खनन तथा राजस्व संकलनमा अनियमितता भएको भन्दै विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी लगायत ५ जना तथा सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि. विरुद्ध रु. १ करोड ४१ लाख ५० हजार बिगो कायम गरी आरोपपत्र दायर गरेको जनाएको छ।


























