२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुरमा संस्थागत विद्यालयहरूद्वारा चित्रकला प्रतियोगिता सम्पन्न:

दाङ देउखुरी राजपुर/ असार -५ । दाङ देउखुरीको राजपुर गाउँपालिका क्षेत्रभित्र रहेका वैधानिक संस्थागत विद्यालयहरूको संयुक्त आयोजनामा राजपुर–२ स्थित सोमईथान मन्दिर प्राङ्गणमा विद्यार्थीहरूको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
संस्थागत विद्यालय समन्वय समिति, राजपुरको मिति २०८३ असार ३ गतेको निर्णयअनुसार प्रत्येक विद्यालयबाट कक्षा २ वा ३ का एक छात्र र एक छात्रा गरी चार विद्यालयका कुल ८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

oplus_2

बालबालिकाहरूमा रहेको अन्तर्निहित प्रतिभा तथा सिर्जनात्मक क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

oplus_2

प्रतियोगितामा सहभागी विद्यालयहरूमा फेमिली प्याराडाइज इङ्ग्लिस बोर्डिङ स्कुल, मटेरीया; देउखुरी ग्रीनल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कुल, बेला; राजपुर हिमालय बोर्डिङ स्कुल, चङ्गुवा; तथा बुद्धकिरण इङ्ग्लिस बोर्डिङ स्कुल, गङ्गदी रहेका थिए।

oplus_2

कार्यक्रममा सहभागी सबै छात्रछात्राहरूलाई टीका लगाई सम्मान गरिएको थियो भने पुरस्कार वितरण गरी उनीहरूको उत्साहवर्द्धन गरिएको थियो।

oplus_2
oplus_2
oplus_2

Picture of जलबराह मिडिया

जलबराह मिडिया

सिफारिस

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।