२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

प्र.अ. नियुक्ति कार्यान्वयनबारे राजपुर गाउँपालिकाको ३ दिने ताकेता

राजपुर (दाङ)। गाउँपालिका, दाङले पालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई शिक्षा नियमावली बमोजिम प्रधानाध्यापक (प्र.अ.) सम्बन्धी व्यवस्था कार्यान्वयन भए/नभएको विवरण ३ दिनभित्र पेस गर्न पत्राचार गरेको छ।

गाउँपालिकाको कार्यालय (गङ्गदी, दाङ) द्वारा जारी परिपत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग (सानोठिमी, भक्तपुर) को च.नं. २४२ (मिति २०८३/०६/१३) र शिक्षा विकास तथा समन्वय एकाइ (घोराही, दाङ) को च.नं. ३७५ (मिति २०८३/०६/१३) को प्राप्त पत्रका आधारमा यो निर्देशन दिइएको हो।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालद्वारा हस्ताक्षरित असोज १४ गतेको (प.सं. २०८३/०८४, च.नं. ३८५) परिपत्रमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को परिच्छेद-१७, नियम ९३ बमोजिमको प्र.अ. सम्बन्धी व्यवस्था कार्यान्वयन गरे/नगरेको जानकारी गराउन भनिएको छ। नियमावली अनुसार कार्यान्वयन नभएको भए सोको कारणसमेत खुलाई पत्र प्राप्त मितिले तीन दिनभित्र गाउँपालिकाको कार्यालयमा लिखित जवाफ पेस गर्न मातहतका सामुदायिक विद्यालयहरूलाई सूचित गरिएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।