काठमाडौं । २०८२ सालको विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साइत असोज १६ गते बिहिवारका दिन बिहान ११:५३ बजे तोकिएको छ। टिका लगाइ माग्ने ब्यक्ती पुर्वबाट पश्चिमतर्फ फर्कने र आशिर्वाद दिने मान्यजन पश्चिमबाट पुर्वतर्फ फर्कन उचित रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, सो समय धार्मिक हिसाबले सबैभन्दा शुभ मानिएको छ।
उत्तम साइत बिहान ११:५३ मा रहेपनी समितिले टीका–प्रसाद दिनभरि जेष्ठ सदस्यबाट ग्रहण गर्न सकिने स्पष्ट पारेको छ। यस दिन देशभरका हिन्दू धर्मावलम्बीहरूले आफन्तजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेकाे छ।
























