
दाङ देउखुरी / गढवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गढवा गाउँपालिकामा सम्पन्न अधिवेशनबाट तुला बहादुर सिंह ठकुरीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितीको उपाध्यक्षमा असर्फीलाल यादव, बुद्धि कुमारी सुनार र अब्दुल हलिम चयन भएका छन । त्यस्तै सचिवमा जागेश्वर रिजाल, सहसचिवमा मन्जिता चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी रहने भएका छन । सदस्यहरूमा शान्ति कुमाल, बहिदार चौधरी, घनश्याम यादव, पदमा श्रेष्ठ, मालिका चौधरी, निम बहादुर राना मगर, मनोज देवकोटा, सीताराम यादव, महेन्द्र केसी, जग बहादुर चौधरी र इन्दर चौधरीलाई चयन गरिएको छ ।
अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी १५ जना व्यक्तिले राप्रपाको सदस्यता लिएका छन ।
यसैबिच राप्रपामा युवा सहभागिता बढ्दै गएको उल्लेख गर्दै ठूला दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको दाबी गर्दै जनताले वैकल्पिक दलप्रति आकर्षण देखाउन थालेको कार्यक्रमका प्रमुख अतिथी राप्रपा केन्द्रीय सदस्य देवी घिमिरेको भनाई रहेको छ।
शक्ति र पहुँचको दम्भमा चलेका ठूला दलका कारण देश अस्तव्यस्त बन्दै गएको आरोप लगाउँदै राप्रपा क्षेत्र नम्बर १ का सभापति विनय बुढाथोकीले “राज्यका हरेक निकायहरू नातागोता भर्ना केन्द्र बनेपछि जनतामा गहिरो निराशा छाएको बताए । यस प्रकारको प्रवृत्तिको अन्त्य गर्दै ठूला दललाई तह लगाउने समय आएको तर्क बुढाथोकीको छ । सुशासन, पारदर्शिता र जिम्मेवार नेतृत्व नै जनताको प्रमुख अपेक्षा भएको बताउँदै सुशासन, पारदर्शिता र जिम्मेवार नेतृत्व नै जनताको प्रमुख अपेक्षा भएको भन्दै हिन्दु राष्ट्र र राजसंस्था देशको अन्तिम विकल्प रहेको समेत उनले दावी गरे ।
राप्रपा केन्द्रीय सदस्य द्वय सरिता देवकोटा, विश्वदेव शाह समेत उपस्थित रहेको कार्यक्रममा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।
























