२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

राप्ती बबई क्याम्पस तुलसीपुरको ३४ औं स्थापना दिवस तथा १९ औं साधारणसभा :

दाङ तुलसीपुुर । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको ३४ औ स्थापना दिवस तथा १९ औँ बार्षिक साधारण सभा यही मंसिर १२ गते बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पूर्व सिंचाई मन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरील दिपक गिरीले बबई क्याम्पस रहेको जग्गा अहिलेसम्म पनि क्याम्पसको नाम गराउन नसक्नु दुखद पक्ष रहेको बताए । मध्यपश्चिमको क्यू एए प्राप्त क्याम्पसले आफ्नो नाममा जग्गा ल्यायन नसक्नु लज्जासपद् रहेकाले यसका लागि अव सबै जना लाग्नु पर्ने समेत बताए।

यसै गरि शैक्षिक क्षेत्रमा राजनीति नगर्न आग्रह गर्दैे आस्थाका आधारमा राजनीति गर्दा शैक्षिक क्षेत्रको गुणस्तर घट्ने भएकाले यस क्षेत्रमा राजनीति निषेध गर्नुपर्ने बताए । पश्चिम दाङको शैक्षिक धरोहरका रूपमा रहेको राप्ती बबई क्याम्पसको विकासमा आफ्नोसहित धेरै व्यक्तित्वहरूको योगदान रहेको उल्लेख गर्दै गिरीले क्याम्पसलाई गुणस्तर सुनिश्चितताको पुनः प्रमाणीकरण (क्यूएए) प्राप्त गराउनु ठूलो उपलब्धि भएको
उनको भनाइ थियो । क्याम्पसका प्राध्यापकहरूलाई विशेष धन्यवाद दिँदै यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउने पहलमा आफू निरन्तर लागिरहने प्रतिबद्धता गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले राप्ती बबई क्याम्पसले उत्पादन गरेका विद्यार्थीहरु रोजगार खोज्दै जाने नभएर रोजगारी दिने विद्यार्थी उत्पादन गर्नु पर्ने बताए । क्याम्पसले उद्यमशील जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने भन्ने उनको जोड थियो । क्याम्पसको गुणस्तर वृद्धिका लागि राजनीतिक पहल गर्ने प्रतिवद्धता पनि जाहेर गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले क्याम्पसको संरक्षण र प्रवर्द्धनका लागि आफू सधैं तयार रहेको बताए । समयअनुसार नयाँ विषयका कक्षाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै क्याम्पसको भौतिक संरचनाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकरप्रसाद भण्डारीले राप्ती बबई क्याम्पसले शैक्षिक, भौतिक, आर्थिक, र नीतिगत उपलब्धिहरू हासिल गर्दै आएको बताए ।
कार्यक्रममा संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर प्रसाद भण्डारी, क्याम्पसका पूर्व अध्यक्ष मान बहादुर डाँगी, नेकपा एमाले दाङका सचिव श्याम डाँगीले क्याम्पस भौतिक र शैक्षिक क्षेत्रमा अगाडि बढे पनि प्राविधिक धारका कक्षा संचालन गर्न आवश्यक रहेको बताएका छन् । आंगिक क्याम्पस बनाउनु पर्नेमा उहाँहरुको जोड रहेको छ । यस्तै कार्यक्रममा अक्ष्ययकोष स्थापना गर्ने बलदेव शर्मा, लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा, नेकपा एकिकृत समाजवादीका सचिव गीर बहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पस संचालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिनराज वली दिएका थिए भने कार्यक्रमको सहजीकरण रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।। तुलसीपुर खबर ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।