२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

मधुमेह, रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचार प्रसार तथा स्क्रीनिङ कार्यक्रम राजपुर-४ दुलैयामा :

Oplus_131074

राजपुर, दाङ देउखुरी । मधुमेह, रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचार प्रसार तथा स्क्रीनिङ एक दिने अभिमुखिकरण कार्यक्रम राजपुरको ४ नम्बर वडा कार्यालमा सम्पन्न भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष रामेश्वर अहिरको अध्यक्षता , जिल्ला स्वास्थ्य दाङ जनस्वास्थ्य अधिकृत मनिषा गैरे , जिल्ला स्वास्थ्य कार्यालय दाङका ल्या. टे. नि. उज्ज्वल कुमार पौडेल , उधोग/ व्यापारी पप्पु कुमार झा , सिनिअर अनमी राजपुरका विष्णा पन्डित , अहेव केदार गोराथोकी , अनमी रुपा वली , वडा सदस्य प्रेमकुमारी हरिजन लगायत म. स्वा. स्वयंसेविकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

अनमी रुपा वली को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका ल्या.टे.नी. पौडेलले मधुमेह , रक्तचाप , मृगौला रोगका सम्बन्धमा प्रष्ट पार्नु हुँदै बढदो जनसंख्यालाई ब्यबस्थापन गरि प्रभावकारी रोग नियन्त्रण गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रमको आयोजना गरेको र यो कार्यकम राजपुरको ४ नम्बर वडामा भएकोले यस सम्बन्धमा उपस्थित सबैले समाजमा सचेतना फैलाउन पर्ने बताउनु भयो ।

यसैबिच मधुमेह , रक्तचाप र मृगौला सम्बन्धी नियमित औषधि सेवन नगरेका ४० वर्ष माथीका राजपुर – ४ नम्बर वडाबासी सबैको चेकजाँच यही चैत्र १३ गते राजपुर गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा हुने भएको छ ।

Oplus_131074

चेकजाँचलाई थप ब्यबस्थित गर्न र समय तालिकाबारे जानकारी दिनका निम्ति उक्त वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ ।

Oplus_131106

राजपुर गाउँपालिका सिनिअर अनमी विष्णा पन्डितद्वारा संचालित कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष रामेश्वर अहिरले पहिले यस्तो रोग लाग्ने नगरेपनी अहिले विभिन्न प्रकारका रोग लाग्ने गरेपनी सबै होशियार रहन आग्रह गर्दै आफ्नो वडामा कार्यक्रम गरेकोमा आयोजकप्रती धन्यवाद प्रदान गरे ।

Oplus_131074
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।