२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिको भेला सप्पन्न :

त्रिलोचन देवकोटा।   नेपालमा भएको भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा २०८२ भदौ २३ र २४ गते तदानुसार ८ र ९ सेप्टेम्बर २०२५ को जेनजी आन्दोलन पश्चात् प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिको आयोजनामा १६ नोभेम्बर २०२५ को दिन आरसी मारुती हाइ स्कुल अंधेरी (पू) मा राज्य समितिका अध्यक्ष पदम बहादुर बमको अध्यक्षता, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिव गिरीराज बेलबासेको प्रमुख आतिथ्यमा तथा विशिष्ट अतिथिमा केन्द्रीय सचिवालय सदस्य जयसिंह आउजीको विशिष्ट आतिथ्यमा सप्पन्न भएको छ ।

 

केन्द्रीय सचिवालय सदस्य तथा महाराष्ट्र इन्चार्ज माधव बेलबासेे, सह-इन्चार्ज बेल बहादुर झेडी, महेन्द्र शाही, केन्द्रीय सदस्य तथा महाराष्ट्र राज्य प्रमुख सल्लाहकार भिम खड्का ,केन्द्रीय सदस्य निर्मल कुमार सार्की ,भिम त्रामु, रुद्र राकसकोटी, भोज कुमारी कार्की , झप्पर कडारा, त्रिलोचन देवकोटा ,केन्द्रीय सल्लाहकार परिषद सदस्य दिपक मास्टर, सदस्य तिलक शाही ,केन्द्रीय विभागीय सदस्य भरत आउजी, हर्क जनाला, शालिभान बि.क., राकेश सुनार,कैलाली महुन्याल गाउँ पालिका युवा संघका अध्यक्ष दिपेश टमट्टा,प्रभु मनि ट्रान्सफर मुम्बई मार्केटिङ अफिसर चन्द्रमान सिंह र पत्रकार छक्क बोहराको समेतको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो ।

राज्य समितिका उपाध्यक्ष रोहित लोहारको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रममा जेनजी आन्दोलनमा सहादत गरेका विद्यार्थी भाइबहिनीहरु साथै ज्ञातअज्ञात वीर शहिदप्रति एक मिनेट मौनधारण गरिएको थियोे ।

इन्द्रेणी जन साँस्कृतिक मंच नवि मुम्बईका संयोजक उमा सिंजालीको कलाकार टिमले स्वागत गित र नृत्यबाट स्वागत गरे पश्चात् कार्यक्रमलाई अघि बढाइएको थियोे ।

सचिव भिम बराल मगरले संंचालन गरेको
कार्यक्रममा इपिएम सहकारी संस्थाको घोषणा प्रमुख अतिथि गिरीराज बेल्बासेले गरेका थिए भने नेपालको समसामयिक राजनीति घटनाक्रम साथै जेनजी आन्दोलनको बारेमा समीक्षा भएको थियो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।