देउखुरी राजपुर , पौष -२८। दाङ देउखुरीको राजपुर गाउँपालिका क्षेत्रमा संचालित निजि संस्थागत विद्यालयहरुको बैठक राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल, चङ्गुवामा सम्पन्न भएको छ ।
बैठकको व्यापक छलफल पश्चात् टोपेन्द्र खनालको अध्यक्षतामा ” संस्थागत विद्यालय समन्वय समिती राजपुर” गठन गरिएको छ ।
गठित समितीको सचिवमा युवराज के.सी, कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादवलाई चयन गरिएको छ ।

यसैबीच बैठकमा अन्य चार महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ । पारित निर्णयहरुमा:
१. अगामी शैक्षिकसत्र २०८३ का लागि शुल्क एकरुपता सहजीकरण तथा शैक्षिक क्यालेन्डर निर्माण लागि उमाकान्त यादवको संयोजकत्वमा सदस्य टोपेन्द्र खनाल, रितुल सारुमगर र उमा भण्डारी रहने गरी अर्को उपसमिती गठन ।
२- छिमेकी पालिका गढवा गाउँपालिका, लमही न. पा. शिक्षा शाखा र प्याब्सन / एनप्याब्सन प्रतिनिधी सहित अन्तरक्रिया कार्यक्रमको आवश्यक सहयोग तथा सहजीकरणको निम्ति राजपुर गाउँपालिका शिक्षा शाखामा सहयोग माग ।
३- बसन्त पन्चमीको अवसरमा स्थानीय स्तरमा सामाजिक कार्य गर्ने गराउने ।
४- अगामी बैठक नियमितरुपमा मासिकरुपले महिनाको प्रथम शुक्रवार बसी थप निर्णय गर्ने रहेका छन् ।

बैठकमा राजपुर गाउँपालिकामा रहेका:- फेमिली प्याराडाईज इ. बो. स्कुल – मटेरिया, देउखुरी ग्रीनल्यान्ड इ. बो. स्कुल -बेला, राजपुर हिमालय बोर्डिङ स्कुल-चङ्गुवा र बुद्ध किरण इ. बो. स्कुल – गङगदीको सहभागीता थियो ।

























