२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

डेंगु रोगबाट झापामा दुईजनाको ज्यान गयो, कोशीमा एक हजार बढी संक्रमीत :

झापा ।
कोशी प्रदेशमा गत साउनदेखि हालसम्म डेंगुबाट एक हजार पैसठ्ठी जना सङ्क्रमित भएका छन भने यस अवधिमा डेंगु सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु समेत भइसकेको छ ।

स्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगुबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।

त्यस्तै कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगुका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेंगुको एकजना पनि सङ्क्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगुको सङ्क्रमण भएको छ ।

यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँच जना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगुको सङ्क्रमण फैलिन थालेको थियो ।

गत वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेंगु सङ्क्रमण भइसकेको थियो । झापामा साउन १ गते यता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँच जनामा डेंगुको सङ्क्रमण भेटिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।