२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

६ किलो थाई गाँजासहित दुई भारतीय नागरिक काठमाडौँबाट पक्राउ

काठमाडौं , असोज-२१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोग्राम लागू औषध थाई गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद व्यक्तिहरूको निगरानी (Profiling) गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, अयोध्याका ३९ वर्षीय आलम शाहबाज (Alam Shahbaz) र उत्तराखण्ड, उधम सिंह नगरका २८ वर्षीय मोहम्मद सारिक (Mohammad Sarik) रहेका छन्।

ब्यूरोका अनुसार उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयर (Batik Air) को उडान नम्बर OD 182 मार्फत काठमाडौँ ओर्लिएका थिए।

बरामद भएका सामानहरू:
थाई गाँजा: ६ किलो
पासपोर्ट: २ थान
मोबाइल: २ थान
पक्राउ परेका दुवै जनामाथि लागू औषध नियन्त्रण ऐनअनुसार आवश्यक थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

Oplus_131072
Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।