२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिने भन्दै रकम ठगी गर्ने ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने २८ वर्षीय गणेश पाण्डे रहेका छन्।

घटना विवरण:
आफ्नो छोरालाई कोरिया पठाउने भन्दै रकम लिएर विगत २ वर्षदेखि अलपत्र पारेको भन्दै एक पीडित महिलाले सामाजिक सञ्जाल टिकटक मार्फत सम्माननीय प्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष कारबाहीको माग गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्।

सोही भिडियो र प्राप्त गुनासोका आधारमा अनुसन्धान सुरु गरेको प्रहरी टोलीले पाण्डेलाई २०८३ असोज २० गते काठमाडौँको रानीबारी चोकबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पाण्डेमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।