२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

राप्तीमा ३२ जना पत्रकारको निशुल्क आँखा तथा स्वास्थ्य जाँच, पत्रकारले चश्माको प्रयोग गर्नुपर्ने गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री सारु


ओमप्रकाश गुप्ता,भालुवाङ -६ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
तिलगंगा सर्जिकल आँखा केन्द्र र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजना गरेको पत्रकारहरुको निशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार निरन्तर कार्यरत रहेको स्पष्ट पारेका हुन् । उनका अनुसार प्रर्वद्धनात्मक उपचार सेवामा सरकारले ध्यान बढाएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ ।

आधारभूत स्वास्थ्य सेवा बलियो बनाउँदै लगिएको छ । गाउँ तथा दुर्गम क्षेत्रमा चिकित्सक पठाउने व्यवस्थालाई सन्तुलित बनाइएको छ । स्वास्थ्यमन्त्री सारुले पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउँदै सत्य र तथ्यमा आधारित समाचार लेखन आवश्यक रहेको धारणा राखे। उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सूचना र तथ्यको सही प्रसारणले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको शिविरमा स्वास्थ्यमन्त्री सारु प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सहभागी ३२ जना पत्रकारहरुले आँखा तथा स्वास्थ्य जाँच गराएका थिए । आँखा जाँच गराएका पत्रकार मध्ये अधिकाशं पत्रकारहरुको आँखा कमजोर रहेकोले चश्माको प्रयोग गर्नुपर्ने तिलगंगा सर्जिकल आँखा केन्द्रका नेत्र अधिकृत बिमल बुढा क्षेत्रीले बताए । उनले आँखा स्वस्थ बनाउन खानपान र सागपातमा ध्यान दिनुपर्ने र समय समयमा आँखा जाँच गराउनु पर्ने सुझाव दिए ।

शिविरमा स्वास्थ्य तर्फ आध्या मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी सुदन घिमिरेले स्वास्थ्य परिक्षण र आँखा तर्फ तिलगंगा सर्जिकल आँखा केन्द्रका नेत्र अधिकृत बिमल बुढा क्षेत्री र नेत्र सहायक मिना जिएमले आँखा चेकजाँच गरेका थिए ।
सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । मञ्चका प्रमुख संरक्षक महेश रिजालले धन्यवाद ज्ञापन र वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको शिविर उद्घाटन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।