२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजपुर ४ का वडाध्यक्ष अहिर सहित ४ जना पक्राउ:

 

जेष्ठ -२५, राजपुर । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर छन् । उनले भारतीय नागरिक आलम जोल्हा आफ्नो वडाका स्थानीय भएको भन्दै नक्कली सिफारिस दिएर नागरिकता दिलाउन मद्दत गरेको प्रहरीको आरोप छ । सो प्रकरणमा वडाध्यक्ष अहिरसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।

अध्यक्ष अहिर सहित पक्राउ पर्ने अन्यमा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, राजपुर गाउँपालिका वडा नम्बर ४ का वडासचिव राजकुमार कहार, कार्यालय सहयोगी मिना चौधरी रहेको प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई नागरिकता सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक बमले बताए ।

यस प्रकरणमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेम खवास समेतको हस्ताक्षर रहेको हुँदा उनी पनि अनुसन्धानको दायरामा तानिएका छन् ।     –  स्रोत :अनलाईन खबर।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।