२०८३ बैशाख २० आईतवार
२०८३ बैशाख २० आईतवार
rapti gyalaxy
previous arrow
next arrow

बाल सेवा घरमा नेत्रज्योति संघद्वारा आँखा परीक्षण:

असोज १७, काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ । यही असोज २४ गते अर्थात अक्टोबर १० तारिखका दिन परेको विश्व दृष्टि दिवसका अवसरमा बाल सेवा घरमा रहेका करिब चालीस जना बालबालिकाहरुको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधी बालबालिकाहरुलाई निःशुल्क उपलब्ध गराइएको छ । त्यस्तै सोही अवसरमा बाल सेवाघरका लागि आवश्यक खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द यस वर्षको विश्व दृष्टि दिवसमा बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएकाले खाद्यान्न सहयोग सहित बाल सेवाघरमा आँखा परीक्षण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले विश्वमा नै बालबालिकाहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिई विश्व दृष्टि दिवस मनाईदै छ त्यसैले हामिले नेपालमा पनि बढिभन्दा बढि बालबालिकाहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै उनिहरुको आँखा स्वास्थ्यका बारेमा सबैलाई जनचेतना अभिबृद्धि गर्ने गरी कार्यक्रम संचालन गरिरहेका छौ । ”

दक्षिणकाली – ५ का वडाध्यक्ष श्यामबहादुर खत्रीले सङ्घलाई धन्यवाद दिँदै बाल आँखा स्वास्थ सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । सो अवसरमा आँँखा परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रममा सङ्घका कोषाध्यक्ष चिजकुमार मास्के सङ्घका सल्लाहकार एवं पूर्व मुख्यसचिव लिलामणी पौडेल समेत सहभागि हुनुभएको थियो ।

सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाइन्छ । यस वर्षपनि यही असोज २४ गते(अक्टोबर १०) मा नेपालमा पनि ‘आँखालाई माया गरौं’ (बालबालिकाको आँखा उपचारलाई प्राथमिकतामा राखौँ) भन्ने नारा सहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।