दाङ राजपुर, असोज – २५ । नेपाल शिक्षक संगठन दाङ, राजपुर गाउँपालिका सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। रात्री आ.वि. गंगदी, दाङमा सम्पन्न उक्त सम्मेलनको आयोजना नेपाल शिक्षक संगठन राजपुर गाउँपालिका समिति, दाङले गरेको थियो। सम्मेलनले राम सुरेश यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
संगठनका अध्यक्ष गिरिराज खड्काको अध्यक्षता, प्रदेश कमिटी सदस्य चक्र बहादुर खड्का (शिखर) को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा विशिष्ट अतिथिहरूमा नेपाली कम्युनिस्ट पार्टी राजपुरका संयोजक देवीराम सुनार(अपिल), राजपुर पार्टी रामप्रसाद यादव, वडा नं. वडा ६ का अध्यक्ष श्यामबहादुर रोका, ३ नं. वडा अध्यक्ष रामप्रसाद अहिर, नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष झक्कुप्रसाद के.सी., NTO कार्यालय सदस्य लीलाधर नेपाली, नेपाल शिक्षक महासंघ राजपुरका अध्यक्ष रामवरण यादव, बंगलाचुली NTO उपाध्यक्ष पदम ओली तथा तुलसीपुर NTO उपाध्यक्ष टंक के.सी. लगायतको उपस्थिति रहेको थियो।
सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूमा
अध्यक्ष: राम सुरेश यादव ,वरिष्ठ उपाध्यक्ष: मोहन यादव ,उपाध्यक्ष: सृजना यादव ,सचिव: गनबहादुर वली ,कोषाध्यक्ष: राजपति चौधरी
,सदस्यहरू:दोर्ण बहादुर कार्की ,दिलाराम यादव ,बालकराम यादव ,सिमा विक ,कन्हैलाल यादव,लालबहादुर यादव छन् ।
शुभकामना मन्तव्यका क्रममा ३ नं. वडा अध्यक्ष रामप्रसाद अहिर, ६ नं. वडा अध्यक्ष श्यामबहादुर रोका, ने.क.पा. संयोजक राजपुर देवीरामसुनार (अपिल), ने.क.पा. राजपुर इन्चार्ज रामप्रसाद यादव तथा प्रदेश कमिटी सदस्य शिखरले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमका वक्ताहरूले शिक्षकहरू राष्ट्र निर्माणका सच्चा संवाहक भएको बताउँदै उनीहरूको सम्मान, सुरक्षा, पेशागत मर्यादा र अधिकारको संरक्षणबिना गुणस्तरीय शिक्षाको परिकल्पना पूर्ण हुन नसक्ने कुरामा जोड दिएका थिए। शिक्षकका जायज मागहरूलाई सम्बन्धित निकायसम्म पुर्याउनु र उनीहरूको हकहितका पक्षमा सशक्त आवाज उठाउनु संगठनको प्रमुख दायित्व रहेको सम्मेलनमा बताइएको थियो।
नवनिर्वाचित अध्यक्ष राम सुरेश यादवको कुशल नेतृत्वमा राजपुर गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक साथीहरूका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि स्थानीय तह, शिक्षा शाखा तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिने अपेक्षा गरिएको छ।
राम सुरेश यादवद्वारा सहजीकरण भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राम सुरेश यादव लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई स्थानीय शिक्षक, बुद्धिजीवी तथा विभिन्न शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शिक्षकहरूबीच एकता, सहकार्य र सद्भाव सुदृढ गर्दै शैक्षिक गुणस्तरको अभिवृद्धि, शिक्षकको पेशागत सुरक्षा तथा वृत्ति विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि नवनिर्वाचित टोलीको कार्यकाल पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गरेका छन् ।

























