२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुईको मृत्यु

दाङ देउखुरी । देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिनाकी शिशु र अर्का एक जनागरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् । प्रहरीका अनुसार प्युठानबाट लमही बजार आएर प्युठान फर्किने क्रममा लमही नगरपालिका-३ मजगाउँ चोकमा दुर्घटना भएको हो ।

लमहीबाट भालुवाङ तर्फ जाँदै गरेको लु.प्र.०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमही तर्फ आउँदै गरेको यात्रु बस एक आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार पूर्व तर्फ जाँदै गरेको ट्रकलाई उछुनेर अटो अगाडी जान खोज्दा पूर्व बाट तिब्रगतिमा लमही तर्फ आउँदै गरेको यात्रु बसमा ठोक्किन पुगेको हो ।

त्यस्तै,दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका-८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् । घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाइएको छ ।

 

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।