दाङ राजपुर- मन्सिर-५। दाङको राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित साधारण माविका शैक्षिक अवोलकन भ्रमणका निम्ति विद्यार्थी लगेर जादै गरेको ना ५ ख १०८९ नम्बरको बस तानसेन -१३ बैकुण्ठे भीरको उकालोमा ब्रेक फेल भएको हुँदा उक्त बस ओरालोतर्फ भित्तामा ठोक्किन पुग्दा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना परेको बुझिएको छ ।

दुर्घटनामा जम्मा ११ जना घाईते भएको जसमध्य ६ जना विद्यार्थी: अजय नेपाली, सन्ध्या भण्डारी, दिल कुमारी रावत, अभिषेक यादव, सन्तोषी चौधरी , आयुष भण्डारी १ जना शिक्षक सृजना यादव र ४ जना बस स्टाफ रहेको उक्त विद्यालयका विव्यस घनश्याम चौधरीले तथा शिक्षक उमाराम यादवले जानकारी दिनुभएको छ ।
भ्रमणको साथमा रहेका शिक्षक उमाराम यादवका अनुसार घाईतेहरुको उपचार पाल्पाको मिसन अस्पतालमा भइरहेकोमा एक विद्यार्थी अभिषेक यादवलाई भर्ना गरिएको तर अन्य ५ जनालाई डिस्चार्ज गरेको जनाइएको छ।
शिक्षक विद्यार्थी गरि जम्मा ९६ जना शैक्षिक भ्रमणका निम्ति प्रस्थान गरेकोमा अन्य बिध्यार्थीहरुकोसाथमा शिक्षक अनिता पुन रहेको पाइएको छ ।

























