दाङ/राजपुर। राजपुर गाउँपालिका वडा नम्बर -२ स्थित फेमिली प्याराडाईज इ. बो. स्कुलले आफ्नो १६ औं वार्षिकोत्सब समारोह-२०८२ भब्य र सभ्य तरिकाले यही मंसिर २ गते सम्पन्न गरेको छ ।


विद्यालयका शिक्षाप्रमी जेष्ठ सदस्य तुलसीराम भण्डारीको अध्यता तथा नेसनल प्याब्सन दाङ जिल्ला सदस्य लोकराज भुसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका छात्रछात्रहरुले विभिन्न कला प्रस्तुतका साथमा मन्तव्य समेत व्यक्त गरेका थिए ।


कार्यक्रमका विशिष्ट अतिथि राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकाया, राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख बासुदेव खनाल,बेला खानेपानी तथा सरसफाई उ. स. का अध्यक्ष शेरबहादुर भण्डारी, कठबेरुवा-मटेरिया खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष ऋषिराम घिमिरे, नेसनल प्याब्सन दाङका जिल्ला सदस्य भानुप्रसाद यादव, नेसनल प्याब्सन लमहीका संयोजक भक्त कुमार खनाल, घुम्ना लिटिल स्टार लमहीका प्रअ प्रकाश चौधरी, न्यु फ्युचर इ. बो. स्कुल केरुनियाका प्रअ मनिराम चौधरी , सोमै आधारभुत विद्यालय बेलाका शिक्षक माया चौधरी , रामेश्वरी आधारभुत विद्यालय रसरीखोलाका शिक्षक कुशुम भण्डारी, रेडक्रस तथा मेलमिलाप संस्था अध्यक्ष अग्निप्रसाद भट्टराई , पुर्व अभिभावक कोमल शर्मा लगायतले तार्किक /समयसान्दर्भिक भनाईको, शुभकामना मन्तव्य दिनु भएको थियो ।


विद्यालय शिक्षक सुर्जी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम विद्यालयका अभिभावक समेतको नृत्य प्रस्तुत भएको थियो ।


विद्यालयका शिक्षक मधुमालती खडकाद्वारा संचालित कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेसनल प्याब्सन दाङ जिल्ला सदस्य लोकराज भुसालले फेमिली प्याराडाईज स्कुलले गरिरहेको सकारात्मक कार्यलाई समग्र अभिभावक/ समुदायले साथ दिनुपर्ने बताउँदै स्कुलले राम्रो कार्य गर्न खोज्दा खुट्टा तान्ने प्रवृत्तिलाई समयमै बुझ्न जरुरी रहेको बताउनुभयो ।
अभिभावकलाई मर्का पर्ने खालका अनावश्यक शिर्षकका शुल्क विद्यालयले नलिएको कुरा स्पष्ट पार्दै स्थानीय स्तरको पहिचान जोगाउनको निम्ति न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण तय गरिएको , आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा पनि समुदायमा रहेका बालबालिकाको हितलाई ध्यानमा राखी फेमिली स्कुल अघि बढेको विद्यालय प्रवन्ध निर्देशक टोपेन्द्र खनालद्वारा स्पष्ट पारिएको थियो।

यसैबीच कार्यक्रमा उपस्थित सम्पुर्ण अभिभावक , विद्यार्थी तथा विद्यालयको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा उपस्थित प्रमुख अतिथि , विशिष्ट अतिथी , अतिथी, शिक्षक /कर्मचारी समेतलाई विद्यालयबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।



उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष तुलसीराम भन्डारीले कार्यक्रमको समापन गर्नुभएको थियो भने अन्तिममा सबै अतिथिहरु समेत आफ्नो नृत्य एकैसाथमा प्रस्तुत गरि कार्यक्रमको अन्तिम समयमा मनोरञ्जन गरिएको थियो ।
























