असार-४,देउखुरी,दाङ। लगातारको खडेरीपछि देउखुरी क्षेत्रमा आजदेखि परेको वर्षाले किसानहरूको मुहारमा खुशी छाएको छ। धेरै दिनदेखि पानी नपरेर रोपाइँको तयारी गर्न नपाएका किसान हालको वर्षासँगै खेतमा जुट्न थालेका छन्।
स्थानीय किसानहरूले भने, “अब भने समयमै रोपाइँ गर्न पाइने आशा पलाएको छ।” समयको परिवर्तन सङ्गै किसानहरु खेतबारी ट्र्याक्टरले जोत्न थालेका छन् । किसानलाई समयसापेक्ष आवश्यक परामर्श , बीउबिजन सहजीकरणको अभावले पिरोलिरहेको पाइन्छ ।
समयमै रोपाइँ हुन सकेमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

























