दाङ राजपुर, श्रावण २२। संस्थागत विद्यालय समन्वय समिति, राजपुरको आयोजनामा श्रावण २३ गते शनिबार राजपुर–१, रानी दहमा शिक्षक मिलन तथा वनभोज कार्यक्रम आयोजना हुँदैछ।
कार्यक्रममा राजपुर क्षेत्रका संस्थागत विद्यालयका शिक्षक तथा शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत शिक्षकबीच आपसी परिचय, अनुभव आदानप्रदान, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ। आयोजकले सम्बन्धित सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

























