२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

राजपुर २, मटेरिया स्थित रात्री आ.वि.मा अभिभावक भेलाबाट विव्यस गठन, स्कुल मर्ज गर्ने पालिकाको निर्णय अस्विकार, आधिकारिक निर्णय आगामी गाउँ शिक्षा समितीबाट शिक्षा शाखा:

जेष्ठ २६, राजपुर । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित रात्री आविको यही जेष्ठ २५ गते सम्पन्न अभिभावक भेलाबाट धनिराम चौधरीको नेतृत्वमा विव्यस गठन गरिएको छ भने उक्त विद्यालयलाई अर्को विद्यालयमा मर्ज गर्ने सम्बन्धमा राजपुर गाउँपालिका शिक्षा समितिले गरेको निर्णयप्रती असन्तुष्टि व्यक्त गर्दै उक्त निर्णयको अस्विकार गर्ने निर्णय समेत पारित गरिएको पाइएको छ भने विद्यालय बचाउने प्रतिबद्धता , ७ सदस्यीय ज्ञापनपत्र र दवाब समिती गठन समेत गरेको छ।

स्थानीय जेष्ठ नागरिक तुल्सिराम भण्डारीको अध्यक्षतामा आयोजना गरिएको भेलामा स्थानीय गोपाल वली , तुल्सीराम भण्डारी ,ऋषिराम घिमिरे, साधना यादव लगायतले विद्यालय मर्ज गर्न नहुनेमा जोड दिदै मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक खिम बहादुर खत्रीले गरेका थिए।

यसैबिच यस सम्बन्धमा सम्बन्धित वडा राजपुर २ का वडा अध्यक्ष ओमप्रकाश यादव तथा शिक्षा शाखा प्रमुख बासुदेव खनालसङ्ग बुझ्दा यस विषयमा आगामी शिक्षा समितीको बैठकले आधिकारिक निर्णय दिने भनी बताएका छन् ।

यस अघि शैक्षिकसत्र २०८२ मा रहेका विद्यार्थी संख्यामा कमि देखिएका विद्यालयमा शैक्षिकसत्र २०८३ मा विद्यार्थी संख्या बढाउन सकिने अवस्था छ वा छैन ? छ भने कसरी र प्रति कक्षा कति बढाउन सकिन्छ? बढाउन सकिने योजना के छ ? विव्यस तथा समुदायको भुमिका के रहन सक्छ? लगायत उल्लेखित व्यहोराको पत्र राजपुर गाउँ शिक्षा समितीको २०८२/०८/१४ गतेको निर्णयमा आधारित रहि २०८२ साल माघ ०६ गते तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाङ्गीद्वारा हस्ताक्षरित पत्रानुसार जानकारी गराईएको र शैक्षिकसत्र २०८२ मै आवश्यक छलफल विद्यालयमा समेत आयोजना गरिएको पाईएको छ ।

बिद्यालय मर्ज सम्बन्धी राजपुर गाउँ पालिकाले आधिकारिक परिपत्र सम्बन्धित बिद्यालयमा भने पठाएको पाइएको छैन् । आधिकारिक तरिकाले बाहिर सार्वजनिक गरेको समेत पाइएको छैन् ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।