२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार
rapti gyalaxy
previous arrow
next arrow

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असरमा देउखुरीमा दाह्री, कपाल कटाईमा पनि मूल्य बृद्धि

दाङ देउखुरी , बैशाख -१२।  दाङ देउखुरीको लमही क्षेत्रमा नाई (कपाल काट्ने) व्यवसाय गर्दै आएकाहरूले कपाल र दाह्री काट्दा लाग्ने शुल्क वृद्धि गरेका छन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले सबै क्षेत्रमा असर परेको र विगत आठ वर्षदेखि स्थिर रहेको शुल्क परिमार्जन गर्नुपर्ने अवस्था आएको भन्दै लमहीमा बसेको बैठकले नयाँ दर कायम गर्ने निर्णय गरेको नेपाल नाइसंघका अगुवा जगनारायण चौधरी (गुरु)ले जानकारी गराएका छन् ।

बैठकको निर्णयअनुसार गाउँघरमा पसल सञ्चालन गर्ने नाईहरूले कपाल र दाह्री काट्दा १३० देखि १५० रुपैयाँसम्म शुल्क लिन पाउनेछन् भने बजार क्षेत्रमा रहेका पसलहरूको हकमा १५० देखि २०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

एसी जडान भएका पसलहरूमा भने २०० देखि २५० रुपैयाँसम्म शुल्क लाग्ने निर्णय गरिएको छ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।