काठमाडौं , असोज-२१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोग्राम लागू औषध थाई गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद व्यक्तिहरूको निगरानी (Profiling) गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, अयोध्याका ३९ वर्षीय आलम शाहबाज (Alam Shahbaz) र उत्तराखण्ड, उधम सिंह नगरका २८ वर्षीय मोहम्मद सारिक (Mohammad Sarik) रहेका छन्।
ब्यूरोका अनुसार उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयर (Batik Air) को उडान नम्बर OD 182 मार्फत काठमाडौँ ओर्लिएका थिए।
बरामद भएका सामानहरू:
थाई गाँजा: ६ किलो
पासपोर्ट: २ थान
मोबाइल: २ थान
पक्राउ परेका दुवै जनामाथि लागू औषध नियन्त्रण ऐनअनुसार आवश्यक थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।


























