२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

स्कुलको ‘प्रि-दशैँ सेलिब्रेसन’: शुभ साइत र मौलिक मान्यतामाथि सोझो प्रहार!

 जलबराह मिडिया , विषेश रिपोर्ट ……✍️

दाङ , असोज-२३ ।  बडा दशैँको मूल मर्म भनेकै घटस्थापनाका दिन घर-घर वा कोतमा विधिपूर्वक जमरा राखी नवरात्रभरि दुर्गा भवानीको पूजा-आराधना गर्नु र विजया दशमीका दिन शुभ साइतमा मान्यजनको हातबाट टीका-जमरा ग्रहण गर्नु हो। तर, पछिल्ला केही वर्षयता बिदा हुनुअघि नै विद्यालयहरूमा साना बालबालिकालाई अगावै टीका र अघिल्लै उमारेको/नक्कली जमरा लगाइदिने र सोको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने विकृति तीव्र रूपमा बढेको पाइने गर्दछ।

घटस्थापना नै नभई, जमरा नउम्रँदै र विजया दशमीको शुभ साइत नै नआई बिदा हुनुअघि नै टीका-जमरा लगाइदिने यो कार्यले हाम्रो मौलिक परम्परा, सांस्कृतिक मर्यादा र शास्त्रीय साइतको घोर अवमूल्यन गरेको छ।

“लाइक र भ्युज”का लागि साइत र परम्पराको बलि !

विद्यालयहरूले यसलाई ‘सांस्कृतिक सिकाइ’ वा ‘प्रि-दशैँ सेलिब्रेसन’को नाम दिए पनि वास्तविकतामा यो विद्यालयको डिजिटल ब्रान्डिङ, भ्युज र लाइक बटुल्ने स्टन्ट मात्र बनेको देखिन्छ। सामाजिक सञ्जालमा ‘कन्टेन्ट’ बनाउने र भाइरल हुने होडबाजीका कारण परापूर्वकालदेखि चलिएको शुभ साइत र धार्मिक विधिलाई पछाडि पारिएको पुष्टि हुन्छ।

संस्कृतिविद्हरूका अनुसार, घटस्थापना नै नभई बिना साइत अगावै टीका-जमरा लगाइदिनुले बालबालिकामा “साइत र विधि नभए पनि हुन्छ” भन्ने गलत सन्देश प्रवाह गरिरहेको छ। यसले सांस्कृतिक चेतना बढाउनुको साटो हाम्रा ऐतिहासिक र धार्मिक मान्यतालाई कमजोर बनाउँदै लगेको छ।

के सिकाइ र प्रचारको नाममा परम्परा बिर्सने?

बालबालिकालाई चाडपर्व र आफ्नो संस्कारबारे सिकाउनु निश्चय नै सराहनीय प्रयास हो। तर, सांस्कृतिक सिकाइका नाममा ‘साइत र विधि’लाई नै मिचेर अगावै टीका-जमरा लगाइदिनु कतिसम्म व्यावहारिक र शास्त्रीय रूपमा सही हो भन्नेबारे गम्भीर समीक्षा हुनु आवश्यक देखिन्छ।

बिदा हुनुअघि टीका लगाउने कर्मभन्दा पनि विजया दशमीको शुभ साइत, जमराको महत्त्व र संस्कृति प्रतिको आदरभाव बुझाउने वातावरण बनाउनेतर्फ ध्यान दिन सके मात्र बालबालिकाले चाडपर्वको वास्तविक मर्म बुझ्न सक्नेछन्। नत्र, ‘भाइरल’ हुने होडमा हाम्रा मौलिक परम्परा र साइतको गरिमा ओझेल पर्दै जाने खतरा बढेको छ।
यसर्थ: समयमै बुद्धिजीवी बर्गले यस विषयमा गम्भीर तरिकाले सोच्ने कि ! 

 

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।