काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले यही असार ५ गते शुक्रबार शोक बिदा दिएको छ । गत वैशाख २९ गते सवारी दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा शुक्रबार शोक बिदा दिएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ बुच्चाकोटमा गत जेठ २९ गते खार्पाचोक हुँदै रोशी ६ को सुगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा रोशी गाउँपालिकाका ७ जना स्थानीय नागरिकसहित कुल ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यस शोकको घडीमा यही मिति २०८३ साल असार ५ गते शुक्रबारका दिन रोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत मातहतका सम्पूर्ण कार्यालयहरुमा शोक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ,’ अध्यक्ष लामाले जारी गरेको सूचनामा उल्लेख छ ।


























