दाङ, भाद्र ११। रसुवामा भएको घटनापछि परिवारको सम्पर्कमा नआएका राजपुर गाउँपालिका–१, कठबेरुवाका दुई जना जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति परिवारको सम्पर्कमा आएको गोपाल चौधरीका बुवा रामराज चौधरीले जलबराह मिडियालाई जानकारी गराएका छन।
राजपुर–१, कठबेरुवा निवासी रामराज चौधरीका ३१ वर्षीय छोरा गोपाल चौधरी र सोही स्थानका जुनु चौधरीका ३६ वर्षीय श्रीमान् बुधिराराम चौधरी रसुवास्थित Sanjen Khola Operation & Maintenance Project (78 MW Hydropower) मा कार्यरत रहेको बताइएको थियो।
रसुवामा घटना भएपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवारमा चिन्ता बढेको थियो। यस विषयमा जलबराह मिडियाले समाचार प्रकाशन गरेपछि दुवै जना परिवारको सम्पर्कमा आएका छन्।
उनीहरू सकुशल रहेको जानकारी पाएपछि परिवारमा खुशी छाएको छ। साथै, खोजी तथा जानकारीका लागि सहयोग गर्ने सबैप्रति परिवारले धन्यवाद व्यक्त गरेको छ।
यसअघि उनीहरूलाई सम्पर्कमा ल्याउन तथा अवस्थाबारे जानकारी प्राप्त गर्न सहयोगका लागि सम्बन्धित निकाय, आयोजना व्यवस्थापन, सहकर्मी तथा सर्वसाधारणसँग परिवारले अपिल गरेको थियो।

























