२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार
rapti gyalaxy
previous arrow
next arrow

धानखोला–लमही सडक स्तरोन्नति: छिटो, छरितो र गुणस्तरीय बनाउन सरोकारवालाको सुझाव

भालुवाङ, असोज-२०। पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङ र कपिलवस्तुको सिमाना धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक स्तरोन्नति कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सरोकारवालाहरूले जोड दिएका छन्।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा आयोजित सामुदायिक समन्वय तथा पहुँच कार्यक्रममा देउखुरी क्षेत्रका सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन्। निर्माण कार्यका क्रममा वातावरणीय, सामाजिक तथा स्वास्थ्य सुरक्षा सम्बन्धी पक्षहरूलाई विशेष ध्यान दिन उनीहरूले आग्रह गरे।

एमसिए नेपालका वातावरण तथा सामाजिक विज्ञ प्रकाश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा ‘शर्मा-कुमार जेभी’का वातावरण विज्ञ निर्मल चन्द र परामर्शदाता रेडियम अधिकारीले सहजीकरण गरेका थिए। भने कार्यक्रमको सञ्चालन निर्माण व्यवसायीका सुबोध आचार्यले गरेका थिए।

आयोजकका अनुसार सडक निर्माणका क्रममा वातावरणीय तथा सामाजिक व्यवस्थापन, स्वास्थ्य सुरक्षा, ट्राफिक व्यवस्थापन, मानव बेचबिखन जोखिम न्यूनीकरणका साथै यौनजन्य शोषण, दुर्व्यवहार र उत्पीडनविरुद्धका नीतिहरू पूर्ण रूपमा लागू गरेर काम अघि बढाइएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वन, विद्यालयका प्रधानाध्यापक, खानेपानी समिति तथा ओरेक नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालमै पहिलो पटक आधुनिक प्रविधिको प्रयोग
धानखोलादेखि लमही नगरपालिका-५ रातोडाँडासम्मको यस ४० किलोमिटर सडक स्तरोन्नतिका लागि नेपालमै पहिलो पटक ‘फूल डेप्थ रिक्लेमेसन (FDR)’ र ‘सुपरपेभ आस्फाल्ट’ जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिँदैछ।

यस प्रविधिमार्फत:

७ मिटरको मूल सडक (Carriageway) र दुवैतर्फ २.५/२.५ मिटरको शोल्डर (Shoulder) गरी कुल १२ मिटर चौडा सडक निर्माण गरिनेछ।

विद्युत् प्रसारण र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको छ।

उक्त सडक खण्ड निर्माणका लागि २०८२ पुस ७ गते ‘शर्मा–कुमार जेभी’ (शर्मा कन्स्ट्रक्सन/कुमार निर्माण सेवा प्रा.लि.) सँग भ्याट बाहेक करिब २ करोड ८ लाख अमेरिकी डलर मा ठेक्का सम्झौता भएको छ। सम्झौता अनुसार ठेकेदार कम्पनीले २४ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।