२०८३ आश्विन ३० शुक्रबार
२०८३ आश्विन ३० शुक्रबार
rapti gyalaxy
previous arrow
next arrow

सोह्र श्राद्ध आजदेखि आरम्भ

काठमाडौं । आश्विन कृष्ण प्रतिपदाका दिन आज असोज ११ गतेदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष विधिवत् रूपमा आरम्भ भएको छ। सनातन धर्मावलम्बीहरूले आफ्ना दिवङ्गत पितृहरूप्रति श्रद्धा प्रकट गर्दै तर्पण, सिदादान तथा पिण्डदान गरेर पितृ पक्ष मनाउन सुरु गरेका हुन्।

Oplus_131072

यस वर्षको पितृ पक्ष आज (असोज ११ गते) देखि सुरु भई आश्विन कृष्ण औँसी (असोज २४ गते) सम्म रहनेछ।

धर्मशास्त्र अनुसार वर्षमा गरिने एकोद्दिष्ट श्राद्धका अतिरिक्त सोह्र श्राद्धमा आफ्ना तीन पुस्ताभित्रका पितृहरूको स्मरण गर्दै पिण्डदान गर्ने परम्परा छ। पितृ पक्षमा गरिएको तर्पण र श्राद्धले पितृहरू तृप्त भई परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सोह्र श्राद्धका कार्यहरू अपराह्न काल (दिउँसो) मा गर्नु शास्त्रसम्मत मानिन्छ। काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर, चितवनको देवघाट, मुक्तिनाथ लगायतका देशभरका प्रसिद्ध धार्मिक तीर्थस्थल एवं नदी किनारमा आज बिहानैदेखि श्राद्ध र तर्पण गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ।

पितृ पक्ष समापन भएलगत्तै असोज २५ गते घर-घरमा घटस्थापना गरी बडादसैँको औपचारिक आरम्भ हुनेछ।

“सत्य सूचना , स्वच्छ प्रवाह र न्यायको आवाज”- जलबराह मिडिया डटकम।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।