२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

संस्थागत विद्यालयद्वारा दाङको राप्ति गाउँपालिकामा ध्यानाकर्षण पत्र :

दाङ देउखुरीको राप्ती गाउँपालिकाले शैक्षिक सत्र २०८१ देखि लागू हुने गरी कक्षा ५ को वार्षिक परीक्षा गाउँपालिकास्तरबाट लिने निर्णय गरेपछि निजी विद्यालयहरूले असहमति जनाएका छन्।

सोमबार संस्थागत विद्यालय समन्वय समितिले पालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त निर्णयप्रति असहमति व्यक्त गरेका हुन्।

समितिको बैठकपछि प्याब्सन र एनप्याब्सन अन्तर्गतका निजी विद्यालयहरूले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

निजी विद्यालयका प्रतिनिधिहरूका अनुसार, कतिपय विषयहरू नमिल्ने र शैक्षिक सत्रको अन्त्यमा मात्र विद्यालयहरूलाई जानकारी दिइएकाले यस वर्ष पालिकास्तरीय वार्षिक परीक्षामा सहभागी हुन नसकिने बताइएको छ।

यद्यपि,आगामी शैक्षिक सत्रदेखि विद्यालयहरूको सहभागितामा व्यापक छलफल गरी निर्णय गरिएमा पालिकास्तरीय वार्षिक परीक्षामा सहभागी हुन सकिने संस्थागत विद्यालय समन्वय समितिका संयोजक विलोचन चौधरीले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा एकरूपता, गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्न पालिकास्तरीय परीक्षा लागू गर्न लागिएको स्पष्ट पार्नुभयो।

“शिक्षा सबैका लागि समान हुनुपर्छ। पालिकास्तरीय परीक्षा प्रणालीले सार्वजनिक तथा निजी विद्यालयहरूबीचको असमानता घटाउने र शिक्षाको स्तर उकास्ने उद्देश्य राखेको छ,” अध्यक्ष विष्टले भन्नुभयो।

निजी विद्यालयहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिइने बताउँदै अध्यक्ष विष्टले थप छलफलका लागि बैठक बोलाइने जानकारी दिनुभयो।

“विद्यालयहरूको सुझाव र मागको आधारमा सहमति कायम गर्दै अघि बढ्नेछौं। सबै पक्षको सहकार्यमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।