२०८२ मंसिर २८ आईतवार
२०८२ मंसिर २८ आईतवार
rapti gyalaxy
previous arrow
next arrow

“संघर्षको यात्रामा प्रेरणादायी कदम : न्यू कमला शु-सेन्टर लमही”

Oplus_131106

 असोज- १३,लमही- दाङ देउखुरी । २०८२ सालको दशैंको रौनक बीच, आज फुलपातीको दिन हामी – टोपेन्द्र खनाल , रामप्रसाद शर्मा, गिरिराज पौडेल र वसन्त प्रकाश चौधरी जुत्ता किन्ने उद्देश्यले – दाङ देउखुरी (लमही – कोइलावास रोड ) लमहीमा रहेको न्यू कमला शु-सेन्टर पुग्यौं।

पसलकी संचालिका वविता गैरे (शर्मा)ले हामी प्रत्येकका लागि उपयुक्त जुत्ता आफैं छनोट गरी निकालिदिनु भयो, हामीले उहाँले भनेको मूल्य तिर्यौं र खुसीसाथ जुत्ता लिएर फर्कियौं।

पसलकी संचालिका गैरे(शर्मा), चुनौतीपूर्ण परिस्थितिमा पनि आत्मबल र लगनशीलताका साथ व्यवसाय अगाडि बढाइ ग्राहकहरुको मन जित्न सफल बन्नु भएको छ।

Oplus_131072

लगनशील महिला जसले  आफ्नै मेहनत र आत्मबलले आँफु र आफ्नो सन्तानलाई पालनपोषण गर्न सक्षम बन्नु भएको छ।
उहाँको व्यवहार, सेवा र ईमानदारी साँच्चै मन छुने खालको छ। त्यसैले होला, अहिले न्यू कमला शु-सेन्टर लमहीमा जुत्ता–चप्पल किन्ने ग्राहकको संख्या दिनप्रतीदिन बढन थालेको पाईन्छ।

धेरैले भन्छन् — “देशमा केही छैन, विदेश जानुपर्छ!” तर गैरे(शर्मा) जस्ता उद्यमशील व्यक्तित्वहरूले प्रमाणित गरिरहनुभएको छ — “देशमै पनि केही गर्न सकिन्छ, यदि आत्मबल, मिहिनेत र निष्ठा छ भने!” हाम्रो लगनशीलता र आत्मनिर्भरता हामी सबैका लागि प्रेरणाको स्रोत हो। हामी सबै आ-आफ्नो पेशालाई सम्मान गर्दै आफ्नै देशमा पसिना बगाउन सकेमा हामी सबैको लागि राम्रो हुनेछ ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।