२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

वेष्टह्याममाथि चेल्सीको सहजै जित:

काठमाडौं । निकोलस ज्याक्सनको दुई गोलसँगै चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेष्टह्याममाथि सहज जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेल्सीले वेष्टह्यामलाई ३–० गोल अन्तरले हराएको हो । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले चौथो मिनेटमा नै ज्याक्सनको गोलबाट अग्रता लिएको थियो ।

खेलको १८औं मिनेटमा मोइसेस कारेडोले चेल्सीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुमा नै ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई अझ सहज बनाए ।
जितसँगै चेल्सी ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अंक जोडेको वेष्टह्याम चौधौं स्थानमा छ ।
अनलाइन खबर ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।