२०८२ मंसिर २० शनिबार
२०८२ मंसिर २० शनिबार
rapti gyalaxy
previous arrow
next arrow

लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम राजपुरको ३ नम्बर वडामा सम्पन्न:

दाङ देउखुरी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको कार्यक्रम यही मंसिर १२ गते राजपुर गाउँ पालिका – ३ नम्बर वडाको खरदरियामा सम्पन्न भएको छ ।

३ नम्बर वडाका वडा अध्यक्ष रामप्रसाद अहिरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले समाजमा हुने विभेदकारी कार्यको अन्त्य गर्नका लागि महिला-पुरुष एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
गाउँ,समाजमा हुने विभिन्न महिला हिंसा,जातीय विभेद आदिको अन्त्य गर्नका लागि राज्यका सरोकारवाला निकाय लगायत आम जनसमुदाय पनि एकजुट भएर लागेको खण्डमा मात्र यो अभियानले साक्षरता पाउने अध्यक्ष बुढाथोकीले बताए ।

Oplus_131072

त्यस्तै अहिले राजपुर गाउँपालिकाले महिला दिदीबहिनीहरुका लागि सेवा केन्द्र राखेर नि:शुल्क वकिलको व्यवस्था गरि मुद्दा लड्न सहज बनाइ दिएको हुँदा गाउँ-समाजमा हुने गलत प्रविधिको खुलेर बिरोध गर्न कार्यक्रममा उपस्थित सम्पूर्ण महिला-र पुरुषलाई आग्रह समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले महिला-पुरुष एक रथको दुई पाङ्ग्रा भएको बताइन । उनले समाजमा महिला – पुरुष नभए कुनैपनि कार्य गर्न असम्भव हुने भएको हुँदा दुबैजना मिलेर अघि बढ्नुपर्ने बताइन् ।

Oplus_131072

लैङ्गिक हिंसा भित्र पुरुष पनि पर्ने भएको हुँदा यस्ता हिंसाको सबैले मिलेर प्रतिकार गर्नुपर्ने बताइन् । अहिले पालिकाले सेवा केन्द्रमा एक हप्तासम्म नि:शुल्क खान,बस्नको समेत व्यवस्था गरेर मुद्दा हरु लड्ने व्यवस्थापन गरेको हुँदा निर्धक्क भएर कुनै पनि हिंसा नसहन आग्रह गरिन् ।
राजपुर गाउँपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर ३ कि वडा सदस्य मायावती यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी सहायक निरीक्षक फजलेवारी मुसलमान,मानव कल्याण वातावरण तथा संरक्षण केन्द्रका मनोविद परामर्शदाता गिता यादव,महिला तथा बालबालिका शाखा राजपुरकि प्रमुख सुनिता चौधरीले प्रशिक्षण दिएकि थिइन।

महिला तथा बालबालिका शाखा राजपुर तथा इलका प्रहरी कार्यालय गढवाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा राजपुरका प्रमुख सुनिता चौधरीले गरेकी थिइन् । कार्यक्रम राजपुरको १ नम्बर वडा माररी खोलाबाट सुरु भएको थियो । अब निरन्तर अन्य वडाहरुमा यो कार्यक्रम संचालन गर्ने प्रमुख सुनिता चौधरीले जानकारी गराएकि छिन ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।