२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार
rapti gyalaxy
previous arrow
next arrow

लुम्बिनी प्रदेश राजधानी देउखुरीक्षेत्र महेन्द्र राजमार्गमा रोपियो केराको बोट

दाङ देउखुरी । पुर्बपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत लुम्बिनी प्रदेश राजधानी देउखुरी क्षेत्रमा स्थानियले मुख्य सडकमै केरा रोपेर बिरोध जनाएका छन् । राजमार्गको जर्जर अवस्थाका कारण लगातार भइरहेका दुर्घटनाप्रति आक्रोशित राप्ती गाउँपालिका–१ का स्थानीयहरुले अनौठो तरिकाबाट विरोध जनाएका हुन् ।

बुधबार आज बिहान उनीहरुले राजमार्गमा परेका खाल्टोमा केरा रोप्दै सडक विभागको उदासीनतामाथि चर्को प्रश्न गरेका छन् । “खाल्डो हो कि बारी? कि त सिँचाइ गर्नुपर्छ कि सडक बनाउनुपर्छ,” एक स्थानीयले भने, “हामी थाकिसक्यौं दुर्घटना भएको देखेर।” सडकको बीचमै खाल्टोभित्र जोतिएकोजस्तै देखिने ठाउँमा केरा रोप्दा सवारी साधन चलाउनेहरूले समेत अचम्म मान्दै दृश्य कैद गरेका थिए । यस्तै दृश्यले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। स्थानीयहरू भन्छन्— “जब सरकार बेखबर बन्छ, तब हामी बोल्न बाध्य हुन्छौं।” यस क्षेत्र हुँदै गुड्ने सयौं सवारी साधन दुर्घटनाको जोखिममा छन् भने, सडककै कारण मानविय क्षति भइसकेको जनाउदै स्थानियले आक्रोश पोखे ।

त्यस्तै उनिहरुले कयौँ पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप लगाएका छन् । “सडक विभाग निद्रामा छ कि? कि जागा भएर पनि कानमा तेल हालेर बसेको छ? स्थानियले आक्रोश पोखे । स्थानीयको यो प्रतिकात्मक विरोधलाई धेरैले समर्थन जनाएका छन् भने, अब सम्बन्धित निकायले तुरुन्त सुधार नगरे चर्को आन्दोलन गरिने समेतका चेतावनी स्थानियले दिएका छन् । केरा रोपिएको क्षेत्र लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत हो ।

Picture of जलबराह मिडिया

जलबराह मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।