दाङ । लुम्बिनी प्रदेशस्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा प्रतियोगिता संचालन हुने भएको छ ।
आइतबारदेखि मंगलबारसम्म संचालन हुने प्रतियोगितामा १२ वटै जिल्लाबाट प्रतियोगिले सहभागीता जनाउन पाउने लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिएका हुन् ।
त्यस्तै प्रतियोगिता संचालनका लागि अहिले तयारी तिब्र बनेको उनले बताएका हुन । प्रतियोगितामा सहभागीताका लागि उनले सबैमा अनुरोध समेत गरेका छन् ।